You are viewing the translated version of विशिष्टीकृत लगानी कोषका इकाई खरिद गरी विदेशी लगानी गर्न सक्नेः.

Section 9A
विशिष्टीकृत लगानी कोषका इकाई खरिद गरी विदेशी लगानी गर्न सक्नेः
(१) विदेशी लगानीकर्ताले कुनै उद्योगमा स्वपुँजी लगानी (इक्विटी) गर्ने प्रयोजनको लागि नेपाल धितोपत्र बोर्डको, स्वीकृति लिएर दफा ९ बमोजिमको पुँजी लगानी कोष (भेन्चर क्यापिटल फण्ड) वा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको विशिष्टीकृत लगानी कोषको इकाई खरिद गरी विदेशी लगानी गर्न सक्नेछ।

(२) विदेशी लगानीकर्ताले इकाई खरिद गरेको उपदफा (१) बमोजिमको कोषबाट उद्योगमा लगानी गर्न दफा १५ बमोजिमको प्रक्रिया पूरा गरी स्वीकृति लिनु पर्नेछ।

(३) विदेशी लगानीकर्ताले इकाई खरिद गरेको उपदफा (१) बमोजिमको कोषको विवरण सम्बन्धित कोष व्यवस्थापकले विभागलाई उपलब्ध गराउनु पर्नेछ।